रामेछापमा कोरोनाका ४३ जना सकृय संक्रमित आईसोलेसनमा

रामेछापमा कोरोनाका ४३ जना सकृय संक्रमित आईसोलेसनमा

रामेछाप जिल्लामा ४३ जना कोरोना भाईरस (कोविड १९) का सकृय संक्रमित आईसोलेसनमा रहेका छन । ८ वटा स्थानिय तह रहेको जिल्लामा मन्थली नगरपालिकामा १९ जना,रामेछाप नगरपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा १० जना,दोरम्बा गाउँपालिकामा २ जना,लिखु तामाकोशी गाउँपालिकामा ७ जना र जिल्ला अस्पतालमा ४ जना कोरोना संक्रमित रहेका छन ।

३९ जना होमआईसोलेसनमा र ४ जना जिल्ला अस्पतालको आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा दैनिक कोरोना संक्रमितहरु बढ्दै गईरहेका छन । जिल्लामा हालसम्म २६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । हालसम्म २८ सय १० जनाको पिसिआर परीक्षण गरिएको छ । यि मध्ये २५ सय ४५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार