बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृद्ध पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृद्ध पक्राउ

ओखलढुङ्गामा ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छ । पक्राउ पर्नेमा चिशंखुगढी गाउँपालिका–८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । कार्कीले बालिकालाई यौन दुर्व्यवहार गरेको खबर पाउनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार