प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगितको उपाधि सिनिपु गुम्बा मगर सेवा समाजलाई

प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगितको उपाधि सिनिपु गुम्बा मगर सेवा समाजलाई

प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगिताको उपाधि सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले उचालेको छ । आईतबार भएको खेलमा सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले २ गोल गर्दै अर्गानिक भिलेज नागीलाई हराएको हो । सेमिफाइलमा सिनिपुले दिपशिखालाई ५–४ गोल अन्तरले हराउँदै प्रवेश गरेको थियो भने नागीले लालिगुराँस युवा क्लब लखनपुरलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।सिनिपुका जर्सी नं.११ का सुरेश खत्रीले खेलको ५५ औँ मिनेटमा गोल गरी जितको लागि खाता खोलेका थिए ।

सिनिपु कै जर्सी नं. ९ का ओम प्रकाश दनुवारले खेलको ६० औँ मिनेटमा गोल गरे संगै अर्गानिक भिलेज नागीलाई २ गोलको भार परेको थियो । तर जवाफी गोल प्रहार र्ग नसक्दा अर्गानिक भिलेज नागी उपविजेतामा नै सिमित हुन पुग्यो ।यस्तै, खेलमा विजेता समूहकै खेलाडी ओम प्रकाश दनुवार उत्कष्ट खेलाडीको लागि घोषित भएका छन् ।तेस्रो स्थान ओगट्न दिपशिखा ब्वाइज युवा क्लब मन्थली–२ सफल भएको छ । दिपशिखा ब्वाइज क्लबले, लालिगुराँस युवा क्लब लखनपुरलाई ३–० ले पराजित गरेको थियो ।

दिपशिखाका तर्फबाट २१ आ मिनेटमा जर्सी नं. ९ का सुनिल श्रेष्ठले गाल गरी पहिलो खाता खोलेका थिए । भने जर्सी नं. २३ निकेश कार्कीले खेलको २५ मिनेटमा गोल गरेका थिए भने सोही टिमका जर्सी नं. ५ का जितेन कार्कीले ३४ मिनेटमा अर्को गोल गरेका थिए ।चैत्र २४ गते देखि २९ गतेसम्म चलेको खेलमा १७ ओट टिमको सहभागिता रहेको थियो । खेलमा भएको टिमले नगद रु एक लाख ५० हजार शिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय भएको टिमले नगद रु. १ लाख मेडल र प्रमाण पत्र, तृतिय भएको टिमले नगद रु पचास हजार रुपैयाँ मेडल र प्रमाण पत्र र सान्त्वनाले नगद रु २० हजार प्राप्त गरेका छन । प्रतियोगितामा उत्कष्ट खेलाडीले नगद रु ५ हजार र ट्रफी प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार