बाम्तिभण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने

बाम्तिभण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा सिर्जनलशील स्टार युवा कल्बको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा फुटबल खेल आयोजना गरिएको हो । बातमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्लेलले उद्धघाटन गर्ने सो खेल यही चैत्र २७ गतेदेखि सुरु हुने छ । खेल नयाँ वर्ष ०७८ को बैशाख १ गते समापन हुने छ ।फुटबल खेलमा प्रथम हुनेले ७१ हजार १ सय ७१ रुपैयाँको साथमा सिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै द्वितिय हुने टिमले ५१ हजार १ सय ७१ रुपैयाँको साथमा सिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्ने छन् ।त्यस्तै तृतिय हुने टिमले ३१ हजार १ सय ३१ रुपैयाँको साथमा सिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्ने छन् ।खेलमा सान्त्वना हुने टिमलाई पनि पुरस्कारको ब्यवस्था गरिएको छ । सान्त्वना हुनेलाई २१ हजार १ सय २१ रुपैयाँको साथमा सिल्ड, मेडल, र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेल बाम्तिभण्डार लुबुस्थित सिद्धेश्वार उच्च माद्यामिक, बिद्यालयको खेल मैदानमा खेलाईने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार