रामेछापका १० हजार बढीले कोरोना विरुद्धको खोप लगाए

रामेछापका १० हजार बढीले कोरोना विरुद्धको खोप लगाए

दोस्रो चरणको खोप अभियान अन्तर्गत हालसम्म रामेछाप जिल्लाका दश हजार चारसय भन्दा बढीले कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । गत फागुन २३ गतेदेखी सञ्चालन भएको दोस्रो चरणको खोप अभियान अन्र्तगत विहीबारसम्म जिल्लाका दश हजार ४३२ जनाले खोप लगाएका हुन् ।

गत फागुन २३ गते आइतबारदेखी २७ गते विहीबारसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत जिल्लाका ५५ वर्ष माथीका ज्येष्ठ नागरिक र खोप लगाउन छुटेका स्वास्थ्यकर्मी गरी आठ हजार ६०९ जनलाई कोरोना कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो ।

यो अवधिमा जिल्लाको गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा गाउँपालिका र सुनापति गाउँपालिकाका नागरिकले खोप लगाएका थिए । अहिले जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका , रामेछाप नगरपालिका , खाँडादेवी गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकाका जेष्ठ नागरिक र यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाउने कार्य जारी छ । मन्थली नगरपालिकाको १,५,६, ८,९ नं वडा , रामेछाप नगरपालिका , खाँडादेवी गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकाको सवै वडाहरुमा ३० वटा खोप केन्द्र मार्फत खोप लगाउने कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार