वडा कपलाई हामी हरेक वर्ष निरन्तरता दिन्छौ : वडाअध्यक्ष कार्की

वडा कपलाई हामी हरेक वर्ष निरन्तरता दिन्छौ : वडाअध्यक्ष कार्की

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले वडा कप फुटबल प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने बताउनुभयो । यस वर्ष प्रथम वडाकप फुटबल प्रतियोगिता सन्चालन गर्दा युवाहरुको उल्लेख्य मात्रमा सहभागीता भएको उल्लेख गर्दै उहाँले अबदेखी हरेक वर्ष यो प्रतियोगितालाई निरन्तरता दिने बताउनुभयो । यस्ता प्रतियोगिताले खेलाडीहरु उत्पादन,प्रोत्साहन तथा उनिहरुलाई हौसला मिल्ने भन्दै वडाअध्यक्ष कार्कीले खेलकुदको माध्यमबाट सुकाजोरलाई परिचित गराउन आफु लागीपर्ने बताउनुभयो ।

सुकाजोरमा सुविधा सम्पन्न कबर्वहरुको निर्माण भईरहेको छ । यसले पनि विभिन्न खेल प्रति रुचि भएका युवाहरुको पहिचान गर्न सहगोग पुग्ने र धेरै राष्टिय स्तरका खेलाडीहरु उत्पादन हुने अपेक्षा आफुले गरेको बताउनुभयो । यस वर्ष कम तयारी र हतारमा प्रतियोगिता आयोजना हुँदा पनि ६ वटा समुहहरु सहभागी भएर प्रतियोगितालाई निकै सभ्य र भव्य पार्न महत्वपुर्ण भुमिका खेलेको भन्दै उहाँले खेलाडी,खेलप्रेमी दर्शक,वडाका विभिन्न क्लबहरु,प्रतियोगिता सन्चालन गर्न सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभयो । यस वर्षको प्रथम वडा कप फुटबल प्रतियोगितामा सुकाजोर युवा विकास समाज प्रथम, जागरुक युवा क्लब द्धितिय, महाकाली युवा क्लब तृतिय र मुगान ढिपी युवा क्लब तृतिय भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार