रामेछापको मन्थलीमा अग्नि नियन्त्रक अनुशिक्षण तालिम सम्पन्न

रामेछापको मन्थलीमा अग्नि नियन्त्रक अनुशिक्षण तालिम सम्पन्न

रामेछापको सदरमुकाम मन्थलीमा अग्नि नियन्त्रक अनुशिक्षण तालिम सम्पन्न भएको छ । ३ दिनसम्म सन्चालन भएको तालिमा सशस्त्र प्रहरी, जनपथ प्रहरी, नेपाली सेना, मन्थली नगरपालिकाका कर्मचारीहरू,नेपाल रेडक्रस सोशााइटीका कर्मचारी तथा स्वंयेमसेवक, र जिल्ला वन कार्यालयका कर्मचारी गरि ३५ जना सहभागी थिए । मन्थली नगरपालिका र नागरिक उडड्यन कार्यालयको सहयोगमा सशस्त्र प्रहरी वल,नेपाल आश्रित गुल्मले उक्त तालिम दिएको हो । तालिमको आज समापन गर्नुहुदै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले रामेछाप जस्तो अति सुख्खाग्रस्त जिल्लामा धेरै हुने आगलागीका घटनाबाट हुने जोखिमतालाई कम गर्नका लागि यस्ता तालिम ठुलो सहयोगी बन्ने बताउनुभयो । अग्नि नियत्रणका विभिन्न उपकरणहरू भएपनि त्यसलाई चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा समस्या भैरहेको अवस्थालाई ध्यानमा राखेर जिल्ला स्थित विभिन्न निकायलाई अग्नि नियन्त्रक अनुशिक्षण तालिम प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार