रामेछापमा सबै गाडिका चालकहरूका लागि जुत्ता अनिवार्य

रामेछापमा सबै गाडिका चालकहरूका लागि जुत्ता अनिवार्य

रामेछाप ट्राफिक प्रहरीले सबै गाडिका चालकहरूका लागि जुत्ता अनिवार्य गर्ने भएको छ । कतिपय चालकहरुले चप्पल मात्र लगाएर गाडि चलाउँदा पसिना बढी आउने र सो क्रममा चप्पल चिप्लने र चप्पल अड्किएर पनि ब्रेकमा सहि निसाना नलाग्ने हुँदा दुर्घटना हुने गरेको प्रमाणका आधारमा जिल्लाभर चल्ने सबै किसिमका यातायातका चालकहरुलाई ट्राफिक प्रहरीले मंगलवारबाट अनिवार्य रुपमा जुत्ता लगाउनु पर्ने ब्यवस्था गरेको हो । ट्राफिक प्रहरीले त्यसका लागि लगातार ५ दिन सम्म सडकमा गुड्ने ठुला देखि साना सबै यातायातका चालकहरूका लागि सचेतना अभियाननै चलाउन लागेको ट्राफिक प्रमुख प्रहरी रामेश्वर पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार