प्रहरीलाई घुस दिन खोज्ने रामेछापका एक जना पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने रामेछापका एक जना पक्राउ

भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोजेको आरोपमा रामेछापका एक पुरुष पक्राउ परेका छन । मंगलबार साँझ मध्यपुरथिमिको मनोहरा पुलमा ट्राफिक चेकचाँचका क्रममा मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएपछि एक हजार रुपैयाँ घुस दिन खोज्ने रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भई ललितपुरको बालकुृमारी बस्ने २८ वर्षीय ज्ञाननारायण श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ८४ प ७१९५ नम्बरको मोटरसाइकलले ट्राफिक चेकिङमा खटिएका प्रहरीलाई सामान्य ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार