फोहोरमैला व्यवस्थापनमा प्रभावकारि बन्दै फोहोरमैला जलाउने चुलो

फोहोरमैला व्यवस्थापनमा प्रभावकारि बन्दै फोहोरमैला जलाउने चुलो

पछिल्लो समय बजार विद्यालय सावजनिक स्थल क्षेत्रमा दैनिक जसो निस्कने फोहोरमैला व्यवस्थापनमा सहज होस भन्ने उद्धेश्यले वातावरण संरक्षण परियोजनाले फोहोरमैला व्यस्यापन गर्नका लागि आवहन गरेको फोहोर जलाउने चुलो प्रभावकारि बन्दै गएको पाईएको छ । संस्थागत व्यत्तिगत, बजार क्षेत्र, विद्यालय, सार्वजनिक स्थलमा माग र आवश्यकताको आधारमा परियोजनाको सहयोग र टोलसुधार समिति, महिला समुह, युवा क्लव, वाल क्लव साझेदारिमा बाडिएका फोहोर जलाउने चुलो अहिले निकै प्रभावकारी बन्दै गएको पाइएको हो ।

उक्त चुलाको कारण वरपर छरिएर रहेका फहोरमैलालाई एक ठाउँमा भाडोमा जम्मा गरेर निश्चित ठाउँमा जलाउदै आएको र उक्त चुलोको कारण प्रदुषणको असर समेत वातावरणमा कम हुने गरेको मच्छेडाडी खानेपानि तथा सरसफाई उपभोक्ता समितिका सदस्य पवन सुवेदिले बताउनु भयो ।वातावरण संरक्षण परियोजना परियोजनाका वातावरण संयोजक माधव ढकालका अनुसार परियोजना क्षेत्र भित्र १५० भन्दा बढि फोहोर जलाउने चुलो बितरण गरिसकेको छ । अझै पनि माग अनुसार परियोजनाले फोहोर जलाउने चुलो बितरण गर्ने लक्ष्य लिएको छ । साथै फोहोर जलाउने चुलोमा फोहोर जलाउँदा वातावरणमा प्रत्क्षय रुपमा पर्ने असर पन कम हुन्छ ।

टोल समुदायका मानिसलाई जथाभाबि फोहोर फाल्नु हुदैन भन्ने वानिको विकास हुदै गएको संयोजक ढकालले बताउनुभयो । वातावरण संरक्षण परियोजना रामेछापको मन्थली नगरपालिका वडा नं. १ देखि ६ र रामेछाप नगरपालिका वडा नं. ७ देखि ९ मा कृषि वनको प्रवर्धन, पानीको स्रोत, पोखरी, सिमसारहरुको संरक्षण र भूक्षय रोकथाम लगायतको गतिविधी संचालन गरि जैविक विविधताको संरक्षण फोहोरमैला व्यवस्थापन र जलवायू परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्ने उद्धेश्यले वातावरण संरक्षण परियोजना संचालन भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार