रामेछापमा कोरोनाको खोप अभियान जारी, १ हजार ७७ जनाले लगाए खोप

रामेछापमा कोरोनाको खोप अभियान जारी, १ हजार ७७ जनाले लगाए खोप

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी छ । खोप प्रारम्भ भएदेखि हालसम्म १ हजार ७७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ३५६ जना पुरुष र ७२१ जना महिला गरी १ हजार ७७ जनाले खोप लगाएका हुन । आज थप ४५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । आज १३ जना महिला र ३२ जना पुरुषले खोप लगाएका छन । जिल्लाका विभिन्न पालिकाको सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सफाइकर्मी, सुरक्षाकर्मी, शववाहन चालक र एम्बुलेन्स चालक गरी १ हजार ७७ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारले रामेछापका लागि एक सय ५९ भाइल खोप पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार