रामेछापमा कोरोनाको खोप अभियान जारी, १ हजार ३२ जनाले लगाए खोप

रामेछापमा कोरोनाको खोप अभियान जारी, १ हजार ३२ जनाले लगाए खोप

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी छ । खोप प्रारम्भ भएदेखि हालसम्म १ हजार ३२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका विभिन्न पालिकाको सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सफाइकर्मी, सुरक्षाकर्मी, शववाहन चालक र एम्बुलेन्स चालक गरी १ हजार ३२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारले रामेछापका लागि एक सय ५९ भाइल खोप पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार