रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुदै

रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुनेभएको छ । नगरपालिकाको आयोजनामा यहि माघ ९ गतेदेखि सुरु हुने तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष ब्याड्मिन्टन प्रतियोगिता सिनियर र जुनियर गरी दुई बिधामा खेलाइने नगरपालिकका खेल प्रशिक्षक टिकाराम मगरले जानकारी दिनुभयो । ३ दिनसम्म चल्ने प्रतियोगितामा सिनियर तर्फ जोडीको खेलमा प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुनेले क्रमश नगद ८ हजार,६ हजार,४ हजार, ३ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । त्यस्तै सिनियर तर्फ एकल खेलमा प्रथम द्धितिय,तृतिय र सान्त्वना हुनेले क्रमश नगद ६ हजार,४ हजार, ३ हजार र २ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रशिक्षक मगरले बताउनुभयो । यस्तै प्रतियोगितामा जुनियर जोडी अन्तर्गतको खेलमा प्रथम द्धितिय,तृतिय र सान्त्वना हुनेले क्रमश ७ हजार,५ हजार,३ हजार र २ हजारको साथमा मेडल र प्रमाण पत्र पाउने छन् । यस्तै जुनियर तर्फको एकल खेलमा प्रथम द्धितिय,तृतिय र सान्त्वना हुनेले क्रमश नगद ५ हजार,३ हजार,२ हजार र १ हजारको साथमा प्रमाणपत्र पाउने प्रशिक्षक मगरले बताउनुभयो । प्रतियोगितामा रामेछाप नगरपालिकाका ब्याड्मिन्टन खेलाडीहरुले प्रतिस्पर्धा गर्न पाउने छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार