दोलखाको चरिकोटमा ३ दिने खुकुरी निर्माण सम्बन्धी तालिम सम्पन्न

दोलखाको चरिकोटमा ३ दिने खुकुरी निर्माण सम्बन्धी तालिम सम्पन्न

दोलखाको सदरमुकाम चरिकोटमा ३ दिने खुकुरी निर्माण सम्बन्धी तालिम बिहीबार सम्पन्न भएको छ ।
आरान पेशामा युवाको आकर्षण बढाउन र आरान पेशामा संलग्न व्यक्तीहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्यका साथ जिल्ला समन्वय समिति दोलखाको समन्वयमा व्यवसायिक सीप तथा विकास केन्द्र बागमती प्रदेश हेटौँडाले तालिमको आयोजना गरेको हो ।
तालिमको समापन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले कृषि औजार निर्माण गर्ने आरान पेशालाई निरन्तरता दिइरहेका व्यक्तीहरुले युवा पुस्तालाई सीप हस्तारण गर्नुपर्ने बताएका थिए । पछिल्लो समयमा आरान पेशा लोपन्मुख हुन थालेको चिन्ता व्यक्त गर्दै उनले स्थानीय सरकार र दलित समुदायले योजनाबद्ध रुपमा यसको संरक्षण र सर्बद्धनमा लाग्नुपर्ने बताएका थिए । तालिम समापन समारोहमा मेलुङ गाउँपालिका वडा नंं. ३ का वडाध्यक्ष हिरा थोकरले चालु आर्थिक वर्ष मेलुङ गाउँपालिकामा रहेका आरनलाई सुधार गर्दै कृषि औजार कारखाना स्थापना गर्ने बताएका थिए । आरन सुधार कार्यक्रमलाई समय सापेक्ष रुपमा परिवर्तन गर्दै कृषि औजार बनाउने र पालिकामै निर्मित औजारको प्रयोग वृद्धि गरिने वडाध्यक्ष थोकरले बताए । त्यस्तै दलित मुक्ती समाज दोलखा अध्यक्ष एवम् भीमेश्वर नगरपालिकाका कार्यापालिका सदस्य दिपक धनुकेले कपडा सिलाउने र जुत्ता निर्माण गर्ने कार्य अन्य समुदायले व्यवासायिक रुपमा गर्ने गरेको तर आरान पेशामा ति समुदायको ध्यान नगएको बताए । उनले आरान पेशालाई सम्मानित बनाउन राज्यको तर्फबाट विषेश भुमिका निर्वाह हुनुपर्ने बताए । तालिम समापन समारोहमा सीप तथा विकास केन्द्र बागमती प्रदेश हेटौँडाका प्रमुख युवराज गुरुङले युवा पुस्तालाई सीप हस्तान्तरणमा सहयोग पुग्ने उद्धेश्यका साथ तालिम आयोजना गरिएको बताए । तालिम समापन समारोहमा शैलुङ गाउँपालिका कार्यपालिका सदस्य कुल बहादुर बिश्वकर्मा, राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा दोलखा शाखाका अध्यक्ष सुदिप रसाइली लगायतको सहभागी रहेको थियो । चरिकोटमा अवस्थित बिश्वकर्मा मेटल वर्कसपमा सञ्चालन भएको तालिममा दलित समुदायका २० जना युवाहरुको सहभागीता रहेको थियो । तालिमको सहजीकरण सानुकान्छा सुनारले गरेका थिए । तालिमका सहभागीहरुले तालिमबाट सिकेको कुरालाई व्यवहारमा उतार्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार