हाल बसोबास गर्ने ठेगाना उल्लेख गरेर मात्र स्वाब संकलन गर्न सरकारको निर्देशन

हाल बसोबास गर्ने ठेगाना उल्लेख गरेर मात्र स्वाब संकलन गर्न सरकारको निर्देशन

सरकारले कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गर्दा हाल बसोबास गरेको ठेगाना राखेर मात्र फर्म भर्न निर्देशन दिएको छ । बुधबार बसेको सचिवस्तरीय बैठकले हाल बसोबास गर्ने ठेगाना उल्लेख गरेर मात्र स्वाब संकलन गर्न निर्देशन दिएको हो ।

हाल बसोबास गरेको ठेगाना उल्लेख नगर्दा कोरोना संक्रमण पुष्टि भएकाहरूको खोजी अनुसन्धान र स्थान विशेष पहिचान गरी गर्नुपर्ने कामहरू गर्न समस्या आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

यसअघि पनि पटक–पटक अनुरोध गरे पनि अटेर गरेको भन्दै मन्त्रालयले अबदेखि एकरूपता नभएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ । बैठकको निर्णयपछि सबै प्रयोगशालालाई पठाइएको पत्रमा भनिएको छ, ‘नमूना संकलनकै समयमा सम्बन्धित व्यक्तिको हालको बसोबासको ठेगाना नै उल्लेख गरिदिनुहुन र यसमा अन्यथा भई कुनै समस्या वा उजूरीहरू पर्न आएमा नियमानुसार कारबाही समेत हुने सचिवस्तरको २०७७र९र१५ को निर्णयानुसार अनुरोध गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार