मेडिकल कलेज बाहेकका सबै निजी अस्पताल कोभिड विशेषको सूचीबाट हटाइए

मेडिकल कलेज बाहेकका सबै निजी अस्पताल कोभिड विशेषको सूचीबाट हटाइए

सरकारले मेडिकल कलेज बाहेकका सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाएको छ । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाप्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ विशेष अस्पतालको सूचीबाट मेडिकल कलेज बाहेकका सबै निजी अस्पताललाई हटाउने निर्णय गरिएको बताउनुभयो । उहाँले स्वास्थ्यतथा जनसंख्या राज्यमन्त्रीको उपस्थितिमाहिजो बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले मेडिकल कलेज बाहेक सबै निजी अस्पताललाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाउने निर्णय गरिएको जानकारी दिनुभयो । हिजैबाट लागू हुनेगरी अर्को सूचनाजारी नभएसम्मकालागि सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको रुपमा नरहने व्यवस्थागरिएको र निजी अस्पतालमा भर्ना भएर उपचारत बिरामीहरुको हकमाभने अबको १० दिनसम्मको उपचार बापतको रकम स्वास्थ्यमन्त्रालयले सोध भर्ना दिने पनिजानकारी गराउनुभयो । आवश्यकता परेमा फेरी कुनै पनि अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सूचीकृत गर्न सकिने भएकाले कोभिडका बिरामीको उपचारकालागिनिजी अस्पतालहरु तयारी अवस्थामाभने रहनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार