ढुङ्गाले किचेर दुरागाउँमा एक किशोरीको मृत्यु

ढुङ्गाले किचेर दुरागाउँमा एक किशोरीको मृत्यु

रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको दुरागाउँमा ढुंगाले किचेर मंगलबार एक किशोरीको मृत्यु भएको छ । दाउँरा खोज्न घर नजिकैको जंगलमा गएकी लिखतामाकोशी गाउँपालिका वडा नम्बर १ दुरागाउँ ज्यामी डाडाँकी १७ वर्षीया जोशिला सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । मृतक सुनुवारको दाउँरा तान्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार