विदेशमा मृत्यु भएर विदेशमै अन्तिम संस्कार भएकाका हकवालाले राहत रकमका लागि निवेदन दिन सक्ने

विदेशमा मृत्यु भएर विदेशमै अन्तिम संस्कार भएकाका हकवालाले राहत रकमका लागि निवेदन दिन सक्ने

सरकारले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भई विदेशमै अन्तिम संस्कारका लागि सहमति प्रदान गर्ने कामदारका हकवालाले सान्त्वना र राहत वापतको रकम लिनका लागि निवेदन दिन आग्रह गरेको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका र कोभिड–१९ का कारणले शव नेपाल ल्याउन समस्या हुँदा सम्बन्धित मुलुकमा नै अन्तिम संस्कार गरिएका कामदारका हकवालालाई वैदेशिक रोजगार बोर्डले निवेदन दिन आग्रह गरेको हो । नियमानुसार प्रदान गरिने आर्थिक सहायताका अतिरिक्त विदेशमा दाहसंस्कार भएवापत सान्त्वना राहत स्वरूप थप ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय भएकाले त्यसै अनुसार स्थानीय तहमा निवेदन दिन आग्रह गरिएको बोर्डका निर्देशक एवम् सूचना अधिकारी दिनबन्धु सुवेदीले बताउनुभयो । सम्बन्धित परिवारको हकवालाको सहमतिमा कारोना महामारीको बीचमा अन्तराष्ट्रिय उडान बन्द भएपछि २ सय ७५ जना नेपालीको कार्यरत मुलुकमा नै दाहासंस्कार गरिएको बैदेशिक रोजगार बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार