रामेछाप प्रशासनद्धारा गेलुका आगलागी पीडित परिवारलाई राहत वितरण

रामेछाप प्रशासनद्धारा गेलुका आगलागी पीडित परिवारलाई राहत वितरण

रामछापको मन्थली नगरपालिका वडा नम्बर १२ गेलुका आगलागी पीडितलाई जिल्ला प्रशासन रामेछापले राहत वितरण गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सहितको टोली गेलुमा पुगेर पीडित परिवारलाई राहत प्रदान वितरण गर्नुभएको हो । प्रजिअ शर्माले आगलागी पीडित मकर बहादुर बुढाथोकी, मनोज बुढाथोकी र नारायण बुढाथोकीको गरी तीन घरपरिवारलाई चालिस हजार रुपैयाँ राहत प्रदान गर्नुभयो । जिल्ला विपद् व्यवस्थापन कोष मार्फत पीडितलाई राहत उपलब्ध गराएको हो । पीडित परिवारलाई भाँडाकुडा, कम्बल र त्रिपाल समेत वितरण गरिएको छ । आगलागीबाट तिन घर जलेर नष्ट छ । आगालागीमा परी चार बर्षिय बालक श्रवण बुढाथोकी घाइते भएका छन् । घाइते बालकको तामाकोसी अस्पताल मन्थलीमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार