कोरोना सङ्क्रमित बिरामीले धरौटी बुझाए मात्रै उपचार हुने

कोरोना सङ्क्रमित बिरामीले धरौटी बुझाए मात्रै उपचार हुने

नेपालमा पछिल्लो समय बढ्दै गरेको कोरोना सङ्क्रमणको दरका कारण बिरामीहरुलाई उपचार पाउन समस्या हुन थालेको छ । अस्पतालहरुले कोरोना सङ्क्रमित बिरामीहरुसँग धरौटी लिनथालेपछि सामान्यनागरिकलाई उपचारमा अप्ठयारो परेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना सङ्क्रमितको उपचारका लागि धरौटी लिन थालेको छ । निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना सङ्क्रमितको उपचार शुल्क लिने निर्णय भएको अस्पतालले जनाएको छ । यसअघि धुलिखेल अस्पताल, बिपी स्वास्थ्य प्रतिष्ठान लगायतका अस्पतालले पनि कोरोना सङ्क्रमित बिरामीको उपचारकालागि धरौटी लिने भनी सूचनाजारी गरेर शुल्कलिनथालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार