नेकपाभित्रको विवाद सचिवालय बैठकबाट टुङ्गो लगाइने

नेकपाभित्रको विवाद सचिवालय बैठकबाट टुङ्गो लगाइने

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र बढ्दै गएको विवाद सचिवालय बैठकबाट टुङ्गो लगाइने भएको छ । हिजो पार्टी अध्यक्षतथाप्रधानमन्त्री केपीशर्माओली र अर्का अध्यक्षपुष्पकमलदाहाल प्रचण्डबीचको भेटवार्तामा सचिवालय बैठक बोलाएर हाल देखिएका समस्याकाविषयमा छलफल गर्ने निचोड निकालिएको प्रचण्ड सचिवालयले जनाएको छ ।

भेटमा कर्णालीको विषय, रअ प्रमुख सामन्तगोयलको नेपालआगमन र प्रधानमन्त्रीसँग भेटवार्ताको विषयका साथै पर्सा घटना र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको थियो । यी देखिएकाविवाद सचिवालय बैठकमा छलफल गर्न दुवै अध्यक्ष सहमतभएपनि सचिवालय बैठक बोलाउने मितिभने तोकिएको छैन ।

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको अवस्थामाहिजोदुई अध्यक्षबीचप्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमाभेटभएको हो । विश्लेषकहरुले देशको नेतृत्वगरिरहेको पार्टीका नेताहरुकाबीचमा देखिने गरेकाविवादले पार्टीलाई दुर्घटनातर्फ लगेको संकेत गर्ने बताएका छन् । विश्लेषक श्यामश्रेष्ठले नेताहरुको विवादकाकारण पार्टीमा फाटो आउने र यसले समग्र देशकै राजनितिलाई असर पार्न सक्ने टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार