दसैँमा फजुल खर्च नगर्न प्रधानमन्त्रीको अनुरोध

दसैँमा फजुल खर्च नगर्न प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन आह्वान गर्नुभएको छ । औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यको ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित नभएको उहाँको विचार छ । प्रधानमन्त्री ओलीले यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी बनाउन आह्वान गर्नुभएको छ । अहिले कोरोना महामारीको विषम परिस्थितिमा चाडलाई विगतभन्दा फरक ढङ्गले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित सङ्क्रमणको खतरा ख्याल गर्न सुझाव दिनुभएको छ । ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा सङ्क्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दसैं मनाउन उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार