वाग्मती प्रदेश सरकारले कर्मचारी भर्ना गर्न सकेन

वाग्मती प्रदेश सरकारले कर्मचारी भर्ना गर्न सकेन

वाग्मती प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठन गरे पनि कर्मचारी भर्ना गर्न सकेको छैन । पालिका र प्रदेश मातहतका मन्त्रालय र कार्यालयमा कर्मचारी भर्ना गर्नका लागि वाग्मती प्रदेश लोकसेवा आयोग गठन गरे पनि कर्मचारी भर्ना हुन नसकेको हो । प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय र प्रदेशका विभिन्न मन्त्रालयमा कार्यरत संघीय कर्मचारीले सहयोग नगर्दा कर्मचारी भर्नामा समस्या भएको हो । प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना गर्ने अधिकार नदिदा संघीय सरकारले कर्मचारी भर्ना गरेर प्रदेश मातहतका मन्त्रालय र कार्यालयमा समेत कर्मचारी पठाइरहेको छ ।प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना गर्ने अधिकार हुँदा समेत वाग्मती प्रदेश सरकार र पालिकाले दरबन्दी माग नगर्दा लोकसेवा आयोगले कर्मचारी पदपूर्ति गर्न थप समस्या परेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार