नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ४ सय २७ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ४ सय २७ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ४ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना सङ्क्रमितको मृत्युसँगै मृतको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार नेपालमा थप १ हजार १ सय ५४ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा यो संख्या थपिएको बताउनुभयो । योसँगै हालसम्मको जम्मा सङ्क्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ। बितेको २४ घण्टामा १ हजार ५ जना कोरोना मुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार