नेपालमा २४ घण्टामा १३ सय २५ जनामा कोरोना भाइरस सङ्क्रमण

नेपालमा २४ घण्टामा १३ सय २५ जनामा कोरोना भाइरस सङ्क्रमण

पछिल्लो २४ घण्टामा १३ सय २५ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९ सय ६६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ७ सय ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै काठमाडौं उपत्यकामा थप ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वर्षिया महिला तथा ८२ वर्षका पुरुषको मृत्यु भएको छ । ललितपुरका ७५ वर्षका महिला र भक्तपुरका ७२ वर्षका महिलाको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार