नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना सङ्क्रमण

नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । उनीहरुमध्ये ३ सय ८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबीच, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी जम्मा ६१८ जना संक्रमित थपिएका छन् । यसअघि हिजो काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना गरी जम्मा ७३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार