मृत्यु भइसकेका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मृत्यु भइसकेका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरू १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम नगर्ने नगराउने भनिएको हो । यस सम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने उहाँले बताउनुभयो । कोरोनासँग मिल्दो जुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरूको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ । यसरी परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका थुप्रै केस छन् । तर अब सरकारले मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नगर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार