दश वर्षिया छोरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा बुवा पक्राउ

दश वर्षिया छोरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा बुवा पक्राउ

दार्चुलामा १० वर्षिया आफ्नै छोरीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्दै ३६ वर्षिय बुवा पक्राउ परेका छन् ।जिल्ला सदरमुकाम खलङ्गा बस्दै आएका ती पुरुषले भाद्र २१ गते राती १० वर्षिया आफ्नै छोरीमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो ।जाहेरी परेपछि घट्नास्थलमा पुगि घटनाबारे जानकारी लिइएको र स्वास्थ्य चेकजाँच पनि गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदमबहादुर बिष्टले बताउनुभयो । ‘पीडित र आफन्तका अनुसार जबरजस्ती करणी प्रयास पनि दोस्रो पटक रहेछ, जबरजस्ती करणी गरेकै हो भन्ने एकिन गर्न मेडिलक रिपोर्ट आएपछि थाहा हुन्छ’ डिएसपी बिष्टले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार