तीन दिन भित्र हाजिर हुन सबै कर्मचारीलाई सरकारको निर्देशन

तीन दिन भित्र हाजिर हुन सबै कर्मचारीलाई सरकारको निर्देशन

सरकारले सरुवा र कामकाजका लागि सङ्घीय कार्यालय, प्रदेश सरकार, स्थानीय तहमा खटाइएका सबै तहका कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन निर्देशन दिएको छ । सरकारले हाजिर हुन खटाए पनि समयमा नै हाजिर नभएको गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिन भित्र हाजिर हुने निर्देशन दिएको हो । तीन दिन भित्र खटाइएको स्थानमा हाजिर नहुने कर्मचारीलाई कानुनी कारवाही पनि गरिने मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो । खटाइएको ठाउँमा कर्मचारी नपुगेका कारण दैनीक कामकाज देखि अहिले विश्वभर फैलिरहोके कोभिड–१९ का कारण व्यवस्थापन गर्नुपर्ने लगायतका काम अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले खटाइएको ठाउँमा कर्मचारी नपुगको भए मन्त्रालयमा बेलैमा जानकारी गराउन पनि सबै तहका कार्यालयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार