दलित पत्रकार संघ रामेछापका २० जना पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण

दलित पत्रकार संघ रामेछापका २० जना पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति रामेछापले आफ्ना कार्यसमिति सदस्य सहित २० जना पत्रकारहरुलाई प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ । आइतबार सदरमुकाम मन्थलीमा एक कार्यक्रम गरि संघले प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरेको हो । संघमा आवद्ध १० जना र जिल्लामा क्रियाशिल १० जना पत्रकार गरि २० जना पत्रकारहरुलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान गरेको छ । संघका जिल्ला अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा संघका सम्पूर्ण कार्यसमितिका सदस्यहरु, बागमती प्रदेश सदस्य र अन्य क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

जिल्लाको खाँडादेवी गाउँपालिकाको वडा नं २ हिलेचौर, मझुवाका स्थानीय तथा समाजसेवी कल्याणरत्न कार्कीको आर्थिक सहयोगमा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत दलित पत्रकारहरुलाई संघले स्वास्थ्य सामाग्री सहयोग गरेको हो । कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले जारी गरेको बन्दाबन्दी, निषेधाज्ञामा पत्रकारहरुलाई समाचार संकलनमा बाहिर हिड्डुल गर्न सहज् होस् भन्ने उदेश्यले प्रेस ज्याकेट र आवश्यक स्वास्थ्य सुरक्षाका लागि माक्स , सेनिटाइजर वितरण गरिएको राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष लेख बहादुर विकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार