तीन जना बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

तीन जना बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

लमजुङमा ३ जना बालिका बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । क्व्होलासोंथर गाउँपालिका ३ बगुमका वर्ष ४३ का नन्दमान गुरुङलाई प्रहरीले हिजो पक्राउ गरेका हो ।भदौ ६ गते ११ बर्षिया दुई बालिका र ९ बर्षिया बालिकालाई कोही नबस्ने खाली घरमा लगी ललाई फकाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो । प्रहरीले अभियुक्तलाई पक्राउ गरी अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको डिएसपी थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार