रामेछापमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो , १५ जना क्वारेन्टिनमा

रामेछापमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो , १५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाका आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको सदरमुकाम मन्थली बजारस्थित जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ जना प्रहरी र १ जना तामाकोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत २५,२५,३९,४३ र ४५ वर्षका पाँचजना पुरुष प्रहरी र तामाकोशी अस्पतालमा कार्यरत ५२ वर्षीया महिला कर्मचारी रहेका छन् । यो संगै जिल्लाबाट स्वाब पठाइएका ४३ जनामा कोरोना संक्रमण भएको छ । यसमध्ये ३३ जना कोरोना मुक्त भैसकेका छन् ।

जिल्लामा शुक्रबार अर्थात आजसम्म १ हजार २ सय ११ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब १६ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा हालसम्म १ हजार १ सय ५२ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ८२ , तामाकोसी अस्पतालमा ६१ , मन्थली नगरपालिकामा ३ सय ५४ , रामेछाप नगरपालिकामा १५१ , उमाकुण्ड गाउँपालिकामा ६५, खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १, दोरम्बा गाउँपालिकामा ४० , लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरी १२ सय ११ जनाकोे पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लाका १५ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म १५ जना क्वारेन्टिनमा रहेका छन । ३ जना महिला र १२ जना पुरुष गरी १५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । उमाकुण्ड गाउँपालिकामा ९ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा १ जना गरी जिल्लाभर १५ जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप नगरपालिका , मन्थली नगरपालिका ,दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय १६ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार