असोज १ देखि लामो दूरीका यातायातका साधन सञ्चलनमा ल्याउने सरकारको निर्णय

असोज १ देखि लामो दूरीका यातायातका साधन सञ्चलनमा ल्याउने सरकारको निर्णय

सरकारले अन्तर जिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यस्तो जानकारी दिनुभयो । यसअघि भदौ १६ गतेदेखि अन्तर जिल्ला र यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको मन्त्री खतिवडाले बताउनुभयो । यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार