सिन्धुलीका ६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

सिन्धुलीका ६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ जना प्रहरीको स्वाव संकलन गरि परिक्षणका लागि हेटौडा पठाईएकोमा ६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ अर्थात कोरोना भएको आएको हो ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख,प्रहरी उपरिक्षक रञ्जु सिग्देलले प्रदेश नम्बर २ बाट सरुवा भई आएका ४ जना प्रहरी र शंकास्पद ट्याक्सीसँग सम्पर्कमा आएका अन्य २ जना गरि ६ जनामा सङ्क्रमणदेखिएको जानकारी दिनुभयो । सङ्क्रमितहरुमा कुनै पनि लक्षण नदेखिएको र अन्य प्रहरीहरुसँग पनि सम्पर्कमा नरहेकाले उनीहरुलाई प्रहरी कार्यालय भित्रकै आइसोलेसनमा सुरक्षित राखिने उहाँले बताउनुभयो ।उहाँका अनुसार सङ्क्रमितहरुलाई दुई हप्तादेखि नै प्रहरी कार्यालय भित्रको क्वारेन्टाइनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार