नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोनाको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४ जना महिला र १० पुरूष रहेका छन् । ४ महिला सुनसरी, बारा, महोत्तरी र काठमाडौंका हुन् । १० जना पुरुषमा सुनसरी, मोरङ, नवलपरासी, रौटहट, ललितपुर, भक्तपुरका एकरएक जना छन् भने महोत्तरी र रूपन्देहका दुईरदुई जना पुरूष रहेका छन् ।

आज १२ सय २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

मुलुकभर थप १२ सय २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित जानकारीका क्रममा २४ घन्टामा १ हजार २ सय २१ सङ्क्रमित फेला परेको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उत्यकामा ४ सय २९ जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो । काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससंगै सङ्क्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । २४ घन्टामा १२ हजार ७ सय १७ पीसीआर परीक्षण गरिएको छ । उहाँका अनुसार आज सम्म भने ६ लाख ८२ हजार ३ सय ४३ परीक्षण भएको छ । २४ घन्टामा २६७ जना निको भएर घर फर्किएका छन् । निको हुनेको कुल संख्या भने २० हजार ८ सय २२ छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार