रामेछाप मन्थलीमा कुकुरको आतंक,एकै दिन १४ जना घाइते

रामेछाप मन्थलीमा कुकुरको आतंक,एकै दिन १४ जना घाइते

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शनिवार विहान कुकुरले टोकेर १४ जना घाइते भएका छन् । रेबिज लागेको आशंका गरिएको कुकुरले टोकेर १४ जनालाई घाइते बनाएको हो । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने ९ जनाको मन्थली स्थित तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । कुकुरले जथाभावि मानिसहरुलाइ टोकेर घाइते बनाएको रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।

यस अगाडि पनि कुकुरले मन्थली बजारमा मानिसलाइ टोक्ने गरेको भएपनि एकैदिन यति धेरैलाइ टोकेको यो पहिलो घट्ना भएको मन्थली नगरपालिकाको पशु शाखाका रोहणि चापागाईले बताउनुभयो । मन्थलीमा शनिवार कुकुर आतंकनै मच्चिएको थियो । मानिसहरु कुकुर देख्ने वित्तिक्कै भाग्न थालेका थिए । कुकुरले एक महिना अगाडि देखि नै मन्थली बजारमा दुःख दिन थालेको थियो ।

अहिले अझ कुकुरको विगविगी बढ्दै गएको छ । रेविज लागेको कुकुरले टोक्दा यस अगाडि मन्थली नगरपालिकामा मात्र ७ वटा पशु मरेका थिए । अहिले पनि नगरपालिका क्षेत्र भित्र २२ वटा पशुलाई रेविज बिरुद्धको खोप दिइरहेको मन्थली नगरपालिकाको पशु शाखाले जनाएको छ । शनिवार विहान मानिसहरुलाई टोक्दै हिड्ने कुकुर पनि रेविज लागेको हुन सक्ने अनुमान गरिएको छ । मानिस देख्ने वित्तिक्कै जथाभावि टोक्दै हिडेको एउटा कुकुरलाइ भने मारिएको छ ।

कुकुरले टोकेर घाइते भएका महिलाहरु :

तस्विर अप्रिल अधिकारीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार