कोरोना भाइरस महामारी सुरु भएदेखि हालसम्म रामेछाप जिल्लाका ६७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । हालसम्म रामेछाप जिल्ला बाहिर स्वाब परीक्षण गरिएका ३० जनामा र जिल्लाभित्रै स्वाब परीक्षण गरिएका ३७ जना गरी जम्मा ६७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म एक हजार एक सय पच्चिस जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ५१ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ४ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
जिल्लामा हालसम्म १ हजार ३७ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ८० , तामाकोसी अस्पतालमा ४९ , मन्थली नगरपालिकामा ३ सय २६ , रामेछाप नगरपालिकामा १२० , उमाकुण्ड गाउँपालिकामा ६५, खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२, दोरम्बा गाउँपालिकामा ४० , लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ५७ जना गरी एक हजार एकसय २५ जनाकोे पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
जिल्लाका १३ जना क्वारेन्टिनमा
जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म १३ जना क्वारेन्टिनमा रहेका छन । क्वारेन्टिनमा रहेकाहरु सबै जना पुरुष हुन । मन्थली नगरपालिकामा ३ ,रामेछाप नगरपालिकामा ३ ,गोकुलगंगा गाउँपालिकामा २ र लिखुतामाकोशी गाउँपालिकामा ५ जना गरी जिल्लाभर १३ जना क्वारेन्टिनमा रहेका छन् । उमाकुण्ड ,दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय १४ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।