नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८३

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८३

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार मृत्यु हुने महिलामा ललितपुरकी ६५ वर्षका महिला, बाराका २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिला रहेका छन् । यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ४८ वर्षका, पर्साका ६२ वर्षका र कपिलवस्तुका ५९ वर्षका रहेका छन् ।

सङ्क्रमितको संख्या ३५ हजार ५२९ पुग्यो

नेपालमा आज थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सङ्क्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित जानकारी दिने क्रममा यो जानकारी दिनुभएको हो । यसअघि हिजोको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमितको संख्या ३४ हजार ४ सय १८ थियो ।आज काठमाडौं उपत्यकामा मात्रै थप ३ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना गरी जम्मा ३७७ जना सङ्क्रमित थपिएका छन् । यसअघिहिजो काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना थिए । यसैबीच, पछिल्लो २४ घण्टामा थप ५ सय ६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार