१४ दिनपछि कोरोना सङ्क्रमितलाई डिस्चार्ज गर्न कोभिड अस्पताललाई सरकारको पत्राचार

१४ दिनपछि कोरोना सङ्क्रमितलाई डिस्चार्ज गर्न कोभिड अस्पताललाई सरकारको पत्राचार

सरकारले देशभरीका कोभिड अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना सङ्क्रमितलाई डिस्चार्ज गर्न पत्राचार गरेको छ । कोभिड अस्पतालमा रहेका लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयले पत्राचार गरेको हो । सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरीका कोभिड अस्पताललाई पत्राचार गरी १० दिनमा पीसीआर जाँच गरी डिस्चार्ज गर्न र पोजेटिभ आएमा थप चार दिन अस्पतालमा राखि परीक्षण नै नगरी १४ दिनमा डिस्चार्ज गर्न भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार