नेपालमा चार महिनामा चट्याङ लागेर ५२ जनाको मृत्यु

नेपालमा चार महिनामा चट्याङ लागेर ५२ जनाको मृत्यु

नेपालमा चट्याङ लागेर मात्र चार महिनाको अवधिमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । वैशाखयताहिजोसम्ममा चट्याङ लागेर ५२ जनाको मृत्यु भएको र एक सय ६५ जना घाइते भएको राष्ट्रिय विपदजोखिमन्यूनीकरण तथाव्यवस्थापनप्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार वैशाख१गतेदेखि भदौ ४ गते साँझसम्मको तथ्याङ्कअनुसार दुई सय १७जना चट्याङबाट प्रभावितभएका छन् ।गत जेठ ३० गतेदेखि नेपालमामनसुन सुरु भएको हो । मनसुन सुरु नहुँदै चट्याङबाट ३० जनाको मृत्यसु भइसकेको थियो भने मनसुन सुरु भएयता २२ जनाको मृत्यु भएको छ ।वैशाखयतापहिरोबाट मात्र मृत्यु हुनेको सङ्ख्यादुई सय २३ पुगेको छ । यस्तै पहिरोमा परि १ सय ८५ जना घाइते भएका छन् । यसै अवधिमाबाढीका कारण १४ जनाको मृत्यु भएको पनिप्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार