तत्काल दश हजार थान भेन्टिलेटरको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन

तत्काल दश हजार थान भेन्टिलेटरको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिले सरकारलाई तत्काल १० हजार थान भेन्टिलेटरको व्यवस्था गर्न निर्देशन दिएको छ । देशका ७७ वटै जिल्ला सदरमुकाममा कोभिड–१९ को पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारलाई समितिले निर्देशन दिएको हो । समितिको भर्चुअल बैठकले कन्ट्याक्ट ट्रेसिङ बढाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ। समितिले स्वास्थ्य मन्त्रालयका निमित्त सचिव रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह र रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डेसँग छलफल गरेको थियो। समितिका सभापति कृष्णभक्त पोखरेललेदश हजार थान भेन्टिलेटर र आईसियू व्यवस्था गर्नसाथै समितिले भेन्टिलेटर सञ्चालन गर्न सक्ने जनशक्ति समेत तत्कालै भर्ना गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले सम्भव नभए एउटै अस्पतालबाट सेवा सञ्चालन गर्दा आवश्यक सावधानी र उचित सतर्कताको प्रबन्ध मिलाउन पनि सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो । यस्तै समितिले कोभिड–१९ को व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन र बीमाको व्यवस्था गर्न समेत सुझाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार