रामेछाप जिल्लाको मन्थली नगरपालिकाले केहि दिनदेखि बन्द रहेको नियमित काम काज पुन सुचारु गर्ने जनाएको छ । एक सुचना प्रकाशन गरी नगरपालिकाले सबै वडाकार्यालयबाट दिँदै आएको सेवालाई कोरोना सम्बन्धि ताकिएको मापदण्ड पालन गरी नियमित रुपमा सुचारु गर्ने जानकारी दिएको हो । केहि दिन अघि मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका शिल गरी नगरपालिकाबाट प्रवाह हुँदै आएको अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको थियो ।