नेपालमा कोरोना भाईरसको संक्रमणबाट अहिलेसम्म १ सय १० जनाको मृत्यु

नेपालमा कोरोना भाईरसको संक्रमणबाट अहिलेसम्म १ सय १० जनाको मृत्यु

देशभर कोरोना भाईरसको संक्रमणबाट अहिलेसम्म १ सय १० जनाले ज्यान गुमाएका छन् । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । हिजो दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । हिजो नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार