रामेछाप भालुखोपमा युवाहरुविच झडप ७ जना घाईते

रामेछाप भालुखोपमा युवाहरुविच झडप ७ जना घाईते

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ भालुखोप डाँडामा गएराति युवाहरुको दुई समुहविच झडप भएको छ । झडपमा परी ७ जना घाईते भएका छन । भालुखोप आसपासका स्थानिय युवाहरु बिच झडप भएको हो । होटल साहिरामा मादक पदार्थ सेवन गरीरहेका युवाहरुले होटलका सन्चालक विपिन मोक्तान र उहाँको श्रीमतीलाई गालीगलौज गर्न थालेपछि उनिहरुविच झडप भएको हो । झडपमा परी ७ जना घाईते भएका छन । युवाहरुको झडप छुट्याउन गएका केहि स्थानियहरु पनि घाईते छन ।

घाईतेहुनेहरुमा रामेछाप नगरपालिका वडा नम्बर ६ का वर्ष ५२ का हरि घिसिङ , उहाँका छोरा वर्ष २८ का रविन घिसिङ , विपिन मोक्तान , सोमेस श्रेष्ठ , विनोद कर्मचार्य , दिलकुमारी श्रेष्ठ र वेली श्रेष्ठ रहेका छन । प्रहरी चौकी रामेछाप डाँडाका असई मिन बहादुर थापाका अनुसार घाईतेहरुलाई गएराति नै उपचारको लागि जिल्ला अस्पताल ल्याइएको र ५ जना सामान्य उपचारपछि निको भएका छन भने घाईते २ जनाको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । घाईतेहरु रविन घिसिङ , विनोद कर्मचार्य र विपिन मोक्तानको टाउकोमा चोट लागेको छ । यसअघि पनि भालुखोप डाँडामा धेरै पटक यि युवाहरुको समुहविच झडप भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार