नेपाली मजदुर एकता समाज मलेशिया पुनर्गठन

नेपाली मजदुर एकता समाज मलेशिया पुनर्गठन

क्वालालम्पुर ( मलेसिया ):= देश तथा बिदेशमा रोजगारका लागी पुगेका श्रमिकहरुको हकहितका लागि र बिदेश विभिन्न कारणले अलपत्र परेका नेपाली श्रमिकको नाममा संघ संस्था खुलेका छन् कतिले समाजमा राम्रा काम गरेका उदाहरण पनि प्रशस्तै छन्।

यस्तै नेपाली मजदुर एकता समाज,ले संस्था स्थापन गरेको छोटो समयमै धेरै श्रमिकको उद्घार गरे सँगै अन्तर्राष्ट्रिय रूपमा स्थापित हुदै आएको छ पछिल्लो चरण २३ देश भन्दा बढी देशहरुमा आफ्नो शाखा संयोजक प्रतिनिधि बनाउन सफल भएको छ। केहि समय अघि मात्रै वार्षिक उत्सव मनाएको नेपाली मजदुर एकता समाजले केहि देश हरुमा शाखा कार्यसमिति गठन समेत गरेको छ भने हालै मलेशिया शाखाले पनि कार्यसमिति पुनर्गठन गरेको छ पुर्व अध्यक्ष केन्द्रिय समिति अध्यक्ष तथा महासचिव अभियान्ताको रूपमा संगठन परिचालन गर्नुपर्ने भएको र पुर्व सचीव ब्युरो संयोजक भए सङै अध्यक्ष,उपाध्यक्ष ,महासचिव सचीव, कोषाध्यक्ष र केहि पदाधिकारी नेपाल फर्किए संगै मलेसिया समिति पदाधिकारी बिहिन हुन पुगेको थियो । पुर्व वरिष्ठ उपाध्यक्ष अर्जुन सिंह अनुरागी को भने जिम्मेवारी यथावत रहेको छ ।

मिती २०२० अगस्ट ८ तारिखका दिन नेपाली मजदुर एकता समाजका केन्द्रिय सदस्य तथा प्रस्तावित अध्यक्ष राम प्रसाद सुबेदी संगमको अध्यक्षता तथा मजदुर एकता समाज मलेशियाका पुर्व अध्यक्ष तथा हाल केन्द्रिय समितिका अध्यक्ष तेज बहादुरका कार्की र प्रमुख अभियान्ता तथा पुर्व मलेशिया समितिका महासचिव दिलिप भट्टराई समर्पण को विशेष उपस्थितमा भएकाे कार्यसमिति बैठकले कार्यसमिति पुनर्गठन सहित नयाँ कार्यसमिति अनुमोदन गरेको हो ।

उक्त बैठकमा उपस्थिति :-राम प्रसाद सुबेदी संगम तेज बहादुर कार्कि दिलिप भट्टराई समर्पण रेश्माकला राई सन्ताेस फुल्लेल इन्द्र कुमार राई भिम लुहार गंगा चाम्लिङ राई लगाएतको उपस्थिति रहेका थियो । मलेसिया शाखाका पदाधिकारी हरु केन्द्रिय समिति र ब्युरोमा जानुपर्ने भए पछी मलेशिया समिति लामो समय देखी औपचारिक पदाधिकारी बिहिन रहेको र पुनर्गठन गरि नयाँ कार्यसमिति चयन गरेको हो नेपाली मजदुर एकता समाज मलेशिया शाखाले नयाँ कार्यसमिति आज सार्बजनिक गरेको छ।

नेपाली मजदुर एकता समाज शाखा मलेशियाले सार्बजनिक गरेको पदाधिकारीको विवरण यस्तो छ :

अभियान्ता- दिलिप भट्टराई समर्पण
प्रमुख संरक्षक- तेज बहादुर कार्की
संरक्षक- प्रेम बहादुर शाही दिलिप
प्रमुख सल्लाहकार- सिताराम बस्नेत

अध्यक्ष- राम प्रसाद सुबेदी संगम
बरिस्ठ उपाध्यक्ष- अर्जुन सिहं अनुरागी
उपाध्यक्ष- इन्द्र कुमार राई
महिला उपाध्यक्ष- गंगा चाम्लिङ राई
महासचिव -रेश्माकला राई
सचिव- सन्ताेस फुल्लेल
काेषाध्यक्ष- विशाल श्रेष्ठ
सह-काेषाध्यक्ष- दिपक बाेहरा
प्रबक्ता-भिम लुहार
सदस्यहरु:-

अर्पण मगर
प्रेम बिस्ट
निर्मल खवास
जीवन नेगी
अमृत परियार
प्रकाश बन्जारा सहयात्री

उक्त बैठकमा पुनर्गठित कार्यसमितिलाइ बधाई तथा कार्यसफलताको शुभकामना व्यक्त गर्दै संस्थाको हित विकास र आम श्रमिकका समस्या समाधान गर्न सदैव कृयाशिल रहने विश्वास आफु हरुले लिएको केन्द्रिय अध्यक्ष तेज बहादुर कार्कीले बताउनु भयो तेस्तै अभियान्ता भट्टराई ले पनि पदाधिकारी तथा सदस्य लगाएत नयाँ कार्यसमिति लाइ बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सदैव श्रमिकहरुको अभिभावकको रूपमा श्रमिक मुखी नयाँ समिति समिति अगाडी बढने विश्वास व्यक्त गरेका थिए भने अध्यक्ष महासचिव लगाएत पदाधिकारी हरुले पनि आफुहरु सदैव श्रमिकको पक्षमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता भिम लुहार ले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार