मन्थली नगरपालिकाका कर्मचारीमा पनि देखियो कोरोना

मन्थली नगरपालिकाका कर्मचारीमा पनि देखियो कोरोना

रामेछाप जिल्लाको मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । आज भएको स्वाब परीक्षणमा नगरपालिकाका एक कर्मचारी सहित अन्य २ जनामा पनि कोरोना संक्रमण देखिएको हो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतका अनुसार नगरपालिकाको स्वास्थ्य शाखा बन्द गरिएको छ । स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरु र उक्त कोरोना संक्रमित कर्मचारीबिच घुलमिल भएकाहरुलाई कन्ट्र्याक टे«सिङ गर्ने तयारी भईरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार