जिल्ला अस्पताल रामेछापमा यहि श्रावण महिनादेखि सेवाहरु थप

जिल्ला अस्पताल रामेछापमा यहि श्रावण महिनादेखि सेवाहरु थप

जिल्ला अस्पताल रामेछापले प्रदान गर्ने सेवाहरुमा थप गरेको छ । २५ शैयाको जिल्ला अस्पतालले यहि श्रावण महिनादेखि लागु हुने गरी एक्सरे , प्रयोगशाला र मुख तथा दन्त सेवालाई थप तथा सुदृढ गरिएको अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश प्रसाद ढुंगेलको पहलमा अस्पतालमा सेवाहरु थप तथा सुदृढ गरिएको उहाँले बताउनुभयो । बाग्मती प्रदेश सरकारले जिल्ला अस्पताललाई ४० लाखको गाडि समेत उपलब्ध गराएको छ ।

अस्पतालमा थप तथा सुदृढ गरिएका सेवाहरुमा एक्सरे तर्फ डिजिटल एक्सरे , दाँत तथा मुखको एक्सरे , प्रयोगशाला तर्फ थाईरोईड फङसन टेष्ट , भिटामिन डी , भिटामिन बी , रगत जम्ने तत्व सम्बन्धि जाँच , मुटु तथा कलेजोको रोग सम्बन्धि र रगतमा ग्लुकोजको तिन महिनाको अवस्था त्यसैगरी मुख तथा दन्त सेवा तर्फ दाँत भर्ने तथा जराको उपचार , सामान्य शल्यचिकित्सा विधिबाट दाँत निकाल्ने , कृतिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने , मुख तथा दाँत सम्बन्धि सामान्य शल्य चिकित्सा सेवा र दाँत सम्बन्धि एक्सरे सेवा थप तथा सुदृढ गरिएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।यस अघि यि सेवाहरुको अभावमा विरामीहरु अन्य जिल्ला वा कुनै प्राईभेट अस्पतालमा जान बाध्य थिए । अब भने एक्सरे , प्रयोगशाला र मुख तथा दन्त सेवा जिल्ला अस्पतालमै सुरु भएपछि रामेछापका नागरीकहरुलाई सहज हुनेछ ।

 थप/ सुदृढ गरिएको सेवा : 
१. एक्सरे सेवा •डिजिटल एक्सरे (Digital X-ray) सेवा • दाँत तथा मुखको एक्सरे (Dental X-ray)सेवा
२. प्रयोगशाला •थाइरोइड फङ्सन टेष्ट टी.थ्री., टी. फोर, टी. एस. एच. (Thyroid Function Test, T3, T4, TSH) •भिटामिन ‘डी’ •भिटामिन ‘बी’ १२ •D-Dimer •APTT/ PTINR (रगत जम्ने तत्व सम्बन्धि जाँच) मुटु तथा कलेजोको रोग सम्बन्धि •HBA1C (रगतमा ग्लुकोजको तीन महिनाको अवस्था)
३. मुख तथा दन्त सेवा • दाँत तथा गिंजा सफा गर्ने (Scaling) •दाँत भर्ने तथा जराको उपचार (Feeling / Restoration and RCT गर्ने •सामान्य शल्यचिकित्सा विधिबाट दाँत निकाल्ने (Surgical Dental Extraction ) • कृतिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने (Fixed Partial Denture and Crown) •मुख तथा दाँत सम्बन्धि सामान्य शल्य चिकित्सास सेवा • दाँत सम्बन्धि एक्सरे सेवा (Dental X-ray)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार