आज रातिदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना

आज रातिदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना

आज रातिदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएकाछन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालतर्फ नजिकिने सम्भावना देखिएकाले आज राति मनसुन सक्रिय हुने अनुमान गरिएको छ । भोलिसम्म मनसुन सक्रिय हुनेछ । दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौं उपत्यकामा गएरातिदेखि बिहान २ बजेसम्ममा ८ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार