भदौ मसान्तसम्म हवाइ उडान र लामो दुरीका यातायात नचल्ने

भदौ मसान्तसम्म हवाइ उडान र लामो दुरीका यातायात नचल्ने

सरकारले भदौ महिनाभरि लामो दुरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान नखोल्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । अस्ति बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदौ १५ सम्म हवाइ उडान र लामो दुरीका सवारी साधन नखोल्न सरकारलाई सिफारिस गरेको थियो । तर काठमाडौँ उपत्यकालगायत देशैभरि कोरोना सङ्क्रमण बढ्दै गएकाले भदौ मसान्तसम्म नै नखोल्ने निर्णय गरिएको हो । सीसीएमसीले अन्तरजिल्ला सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो । यसअघि साउन ५ मा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि ती क्षेत्र सुचारु गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार