रामेछापमा ३१ जना कोरोना संक्रमित हुँदा,६५० जनाको पिसिआर परीक्षण

रामेछापमा ३१ जना कोरोना संक्रमित हुँदा,६५० जनाको पिसिआर परीक्षण

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ६ सय ५० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब २ जनाको मात्र पीसीार रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ९ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । जिल्लामा हालसम्म ६ सय १७ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ३७ , मन्थली नगरपालिकामा १ सय ५८ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ६९, दोरम्बा गाउँपालिकामा ३० , लिखुतामाकोशी उँपालिकामा ९१ र सुनापति गाउँपालिकामा २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

जिल्लाका ८१ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आईतबार अर्थात आजसम्म ८१ जना क्वारेन्टिनमा रहेका छन । १२ जना महिला र ६९ जना पुरुष गरि ८१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । मन्थली नगरपालिकामा ५२ ,रामेछाप नगरपालिकामा १ ,दोरम्बा गाउँपालिका ३ , गोकुलगंगा गाउँपालिकामा १३,लिखुतामाकोशी गाउँपालिकामा ८ र सुनापति गाउँपालिकामा ४ गरी जिल्लाभर ८१ जना क्वारेन्टिनमा रहेका छन् । उमाकुण्ड र खाँडादेवी गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय २७ बेडको आइसोलेशन कक्ष र ४ सय ३६ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ । खाँडादेवी गाउँपालिकाको विद्यालयमा रहेको ५३ बेड र मन्थली माविमा रहेको २० वेडको क्वारेन्टिन हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार